महिलाको घाँटीको चेन लुट्ने युवक पक्राउ

सिलगढी: मोटरसाइकलमा सवार एक बदमाशले एक महिलाको घाँटीबाट सुनको चेन खोसेको घटना प्रकाशमा आएको छ। यो घटनाको उजुरी न्यु जलपाईगुडी पुलिस थानामा दर्ता गरेको केही घण्टाभित्रै पुलिसले सुनको चेन बरामद गरेको छ। घटना हिजो साँझ सिलगढीको शक्तिगर सुकान्तपल्ली क्षेत्रमा भएको हो। स्मरण रहोस्, फुलबारी १ ग्राम पञ्चायतको अम्बिकानगरकी एक महिलाले चोरी भएको सुनको चेन करिब ८० हजार रुपैयाँ बराबरको रहेको दाबी गरेकी छन्।

न्यु जलपाईगुडी पुलिस स्टेशनमा उजुरी दर्ता गरेपछि, न्यु जलपाईगुडी थानाको सादा पोसाकको पुलिसले अनुसन्धान शुरु गर्यो। अन्ततः पुलिसले घटनामा संलग्न सिलगढीको शक्तिगर क्षेत्रका इमरान रहमानलाई पक्राउ गरेको छ। उनको साथबाट सुनको चेन बरामद भएको छ। अर्कोतर्फ पुलिसमार्फत सुनको चेन फिर्ता पाएपछि गृहिणी खुसी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement