३१ अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-ले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा बिहीवार भएको म्याचमा सीएनएफए-ले लोवर दुधिया फूटबल क्लब (एलडीएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका कुञ्जमान थापालाई प्लेयर अव् द म्याच चयन गरियो, जसले एकमात्र गोल गरे। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। सीएनएफए-ले अब ८ सेप्टेम्बरमा खेलिने क्वार्टर फाइनलमा आमुक्त परिवारको चुनौती स्वीकार्नेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।