विद्या भारतीका क्षेत्रीय संगठन मन्त्री दिवाकर घोष सिक्किम प्रवासमा

bb_105

गान्तोकः विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको क्षेत्रीय संगठन मन्त्री (पूर्व क्षेत्र) दिवाकर घोष सिक्किम प्रवासमा आएका छन्। गत २९ अगस्तदेखि शुरू भएको संगठन मन्त्री घोषको प्रवास आगामी तीन सेप्टेम्बरसम्म चल्नेछ। यस अवधि उनले विद्या भारती सिक्किम अधीनस्थ सिक्किम-दार्जीलिङमा सञ्चालित विभिन्न विद्यालयहरू बैठक गर्नेछन्। यसैगरी, प्रान्त समितिको बैठकमा पनि भाग लिनेछन्।

विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराए अनुसार, विद्या भारतीको क्षेत्रीय संगठन मन्त्री (पूर्व क्षेत्र) दिवाकर घोष सिक्किम प्रवासमा आएका छन्। गत २९ अगस्तका दिन उनको आगमन बिजनबारी (दार्जीलिङ) मा भयो, जहॉं उनको उपस्थितिमा ३० अगस्तका दिन स्थानीय विद्या ज्योति अकादमीमा आचार्य बैठक सम्पन्न भयो। यहॉं पॉंच विद्यालयका आचार्यहरूको उपस्थिति रहेको थियो।

यसै क्रममा भोलि, एक सेप्टेम्बरका दिन पूर्व सिक्किमको सामदोङ्गस्थित सरस्वती विद्या निकेतनमा तीन विद्यालयलाई लिएर आचार्य बैठक सम्पन्न गरिने छ। यसरी नै दुई सेप्टेम्बरका दिन पूर्व सिक्किमको पाचेखानी सरस्वती विद्या निकेतनमा छ विद्यालयलाई लिएर आचार्य बैठक सम्पन्न गरिने छ। यस अतिरिक्त, आगामी तीन सेप्टेम्बरका दिन क्षेत्रीय संगठन मन्त्री (पूर्व क्षेत्र) दिवाकर घोष प्रान्त समितिको बैठकमा सहभागी बन्ने कार्यक्रम रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *