गान्तोकः अखिल भारतीय विद्यार्थी परिषद (अभाविप) का छात्रा कार्यकर्ताहरूले सिक्किममा भारत-चीन सीमास्थित छाङ्गुमा भारतीय सेनाका जवानहरूसॅंग राखी मनाए। यस अवसरमा सेनाका जवानहरूलाई राखी बॉंधेर उनीहरूको सुस्वास्थ्य एवं कर्तव्य भावनाप्रति दृढ़ संकल्पित रहन कामना गरिएको अभाविपको राष्ट्रिय मिडिया संयोजक आशुतोष सिंहले प्रेस विज्ञप्तिमा दिएका छन्। विज्ञप्तिमा भनिएको छ, यस रक्षाबन्धन कार्यक्रममा अभाविप गान्तोक एकाईका कार्यकर्ता दिदी-बहिनीहरूसॅंग अभाविप सिक्किम प्रदेश संगठन मन्त्री पृथ्वी उपस्थित थिए।
अभाविप सिक्किम प्रदेश मन्त्री तृष्णा छेत्रीले भनिन्, ‘आज छाङ्गुमा सेनाका जवानहरूसॅंग रक्षाबन्धन मनाउनु हामी अभाविप कार्यकर्ताहरूको निम्ति अत्यन्त सुखद अवसर रह्यो। सीमामा जवानहरू देशको सुरक्षाको निम्ति हर क्षण तत्पर रहन्छन्। आज हामीले उनीहरूसॅंग परिवार जस्तै वातावरणको अनुभव गऱ्यौं। हाम्रा सैनिकहरूलाई पनि अभाविप कार्यकर्ताहरूसॅंग उत्सव मनाउन राम्रो लाग्यो।’ उनले रक्षाबन्धनको अवसरमा देशमा शान्ति, सौहार्दको कामना गरेकी छन्।
अभाविपका राष्ट्रिय मन्त्री बिराज विश्वासले भने, ‘रक्षाबन्धनको अवसरमा सम्पूर्ण देशवासीहरू हर्षित छन्। अभाविपको विभिन्न एकाईले देशका भिन्न-भिन्नै ठाउॅंहरूमा जवानहरूसॅंग रक्षाबन्धनको कार्यक्रम आयोजन गऱ्यो।’ उनले रक्षाबन्धनको अवसरमा देशमा बन्धुत्वभावको दृढ़ताको कामना गरेका छन्।