इतिहास रच्दै विम्बल्डनमा महिला एकल खिताब जितिन् रिबाकिनाले

IMG-20220710-WA0089.jpg

१० जुलाईः एलेना रिबाकिनाले शनिवार विम्बल्डन टेनिस च्याम्पियनशीपको महिला एकल फाइनलमा ओन्स जबूरलाई पराजित गरी आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जितिन्। फाइनलमा पहिलो सेट हारेपछि रिबाकिनाले असाधारण पुनरागमन गरिन्। उनले ट्यूनिशियाकी ओन्स जबूरलाई ३-६, ६-२, ६-२-ले पराजित गरी खिताब जितिन्। यसको साथै उनी ग्राण्ड स्ल्याममा एकल खिताब जित्ने कजाकिस्तानकी पहिलो टेनिस खेलाड़ी बनिन्। २४ वर्षीय रिबिकिनाको जन्म मस्कोमा भएको थियो अनि उनले २०१८-देखि कजाकिस्तानको प्रतिनिधित्व गर्दै आएकी छन्। कजाकिस्तानले टेनिस करियरको निम्ति उनलाई वित्तीय सहायता दिने प्रस्ताव दिएको थियो। यसलाई लिएर विम्बल्डनको अवधि निक्कै चर्चा पनि भएको थियो कारण आयोजक अल ईंग्ल्याण्ड क्लबले युक्रेनमाथि हमलाले गर्दा रुस र बेलारुसका खेलाड़ीहरूलाई टुर्नामेण्टमा हिस्सा लिन दिएको थिएन। यो अल ईंग्ल्याण्ड क्लबमा १९६२ पछि पहिलो खिताबी म्याच थियो, जसमा दुवै खेलाड़ी पहिलोपल्ट ग्राण्ड स्ल्याम फाइनलमा पुगेकी थिइन्।

विश्व ऱ्याङकिंगमा रिबाकिना २३औं स्थानमा रहेकी छन्। साल १९७५-देखि डब्ल्यूटीए कम्प्यूटर ऱ्याङकिंग शुरु भएको थियो अनि सबैभन्दा तल्लो ऱ्याङकिंगमा रहेर विम्बल्डन खिताब जित्ने खेलाड़ीको मामिलामा रिबाकिनाले अमेरिकाकी दिग्गज खेलाड़ी भीनस विलियम्सकी रेकर्ड तोड़ेकी छन्। भीनसले २००७-मा यहाँ खिताब जित्दा उनको ऱ्याङकिंग ३१ थियो। भीनस त्यसअघि विश्वकी नम्बर एक खेलाड़ी पनि रहेकी थिइन् अनि उनको नाममा पाँचवटा विम्बल्डन महिला एकल खिताब रहेको छ।
रिबाकिनाले सेण्टर कोर्टमा जबूरकी स्पिन र स्लाइस-को चुनौतीलाई पार गर्न आफ्नो तेज सर्विस र शक्तिशाली फोरह्याण्डको असल तरिकाले प्रयोग गरिन्। रिबाकिनाले जबूरकी लगातार १२ वटा म्याच जित्ने क्रमलाई पनि तोड़िन्। पहिलोपल्ट ग्राण्ड स्ल्याम फाइनल खेल्ने जबूरकी यो लय ग्रास कोर्टमा चलिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement