ब्रह्माकुमारी ईश्वरीय केन्द्र रिनाकमा आज रक्षा बन्धनको कार्यक्रम पालन

रिनाकः ब्रह्माकुमारी ईश्वरीय केन्द्र रिनाकमा आज रक्षा बन्धनको कार्यक्रम आयोजना गऱ्यो। यस अवसरमा सिक्किम सहकारी उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार प्रधान मुख्य अतिथिकोरूपमा उपस्थित थिए भने गान्तोक ब्रह्माकुमारी ईश्वरीय केन्द्रका सिक्किम राज्यका प्रभारी सोनाम दिदी साथै अन्यहरूको पनि रहेको थियो।

रक्षा बन्धनको पावन अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै सोनाम दिदीले आफ्नो प्रवचनमा प्रथममा आफूले आफैलाई चिन्नुपर्ने साथै घरमा हामीले शान्त वातावरण आफ्नै असल व्यवहारले बनाउन सकिन्छ साथै समाजमा शिष्टाचार कायम राख्नुपर्ने उपदेश दिइन्।

हिजो नै ब्रह्माकुमारीको पहलमा सम्मान भवनमा मुख्यमन्त्रीसहित अन्य मन्त्रीगणको उपस्थितिमाझ रक्षा बन्धनको कार्यक्रम आयोजन गरिएको जानकारी दिइन्। सो कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सकारात्मक सन्देश दिएकोमा ब्रह्मकुमारी परिवारको तर्फबाट आभार व्यक्त गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement