आइएचसीएई चेम्चेमा टुरिस्ट गाइड प्रशिक्षण शिविर आरम्भ

गान्तोकः दक्षिण जिल्लाको नाम्चीस्थित चेम्चको इन्डियान हिमालय सेन्टर फर् एभाञ्चर एण्ड इको टुरिज्ममा आयोजित टुरिस्ट गाइड प्रशिक्षण कार्यक्रम अन्तर्गत आज वित्त विभागका निर्देशक कर्मा ग्याछो दावा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। टुरिस्ट गाइडहरूलाई लिएर आयोजित यो तेस्रो चरणको प्रशिक्षण कार्यक्रमको आयोजना आईएचसीएई चेम्चे र पर्यटन अनि नागरिक उड्डयन विभागको संयुक्त पहलमा गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य कर्मा ग्याछोले पर्यटन उद्योगको महत्वमाथि प्रकाश पारे। उनले फिल्डमा काम गर्ने गाइडहरूको महत्त्वपूर्ण भूमिका र नैतिक जिम्मेवारीहरूमा ध्यान आकर्षण गराए। सोही प्रकारले सहायक जिल्लापाल पुलकितले साहसिक पर्यटनको बढ्दो लोकप्रियता र आम जनतामा यसको सान्दर्भिकतामा जोड दिए। उनले साहसिक पर्यटन अनुभवमा रुचि र सहभागिताको बृद्धिलाई जोड दिँदै साहसिक पर्यटकहरूलाई आकर्षित गर्ने सम्भावनालाई प्रकाश पार्दै आर्थिक वृद्धि र स्थानीय उन्नतितर्फ डोऱ्याउन सक्ने सम्भावनाहरूलाई दर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement