यस देशमा बिहे गर्दा सरकारबाट पुरस्कृत हुन्छन् महिलाहरू

विश्वका अधिकांश देशले जनसंख्या नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। जबकि कतिपय देशहरू घट्दो जनसंख्याको बारेमा चिन्तित छन्। यी समस्या समाधानका लागि सरकारले आ–आफ्नो तहमा काम गरिरहेको छ। चीन पनि यो समस्यासँग जुधिरहेको छ। पहिले चीन बढ्दो जनसंख्याबाट चिन्तित थियो, अहिले घट्दो जन्मदरले चिन्तित छ। चाङशान काउन्टीको आधिकारिक व्हीच्याट खातामा सूचना जारी गरेर यो जानकारी दिइएको हो। यसै अनुसार चीनमा युवाहरुलाई प्रोत्साहन गर्न पुरस्कारको घोषणा गरिएको हो। चीनमा सरकारले युवतीलाई विवाह गर्न १ हजार युआन अर्थात् ११ हजार ३ सय ५२ रुपियाँ दिने गरेको छ। विशेष कुरा के छ भने २५ वर्ष मुनिका बेहुलीले मात्र पुरस्कार पाउनेछन्। यो सूचनामा यो पुरस्कार दिने उद्देश्य युवालाई विवाह र सन्तान जन्माउन प्रोत्साहन दिनु रहेको बताइएको छ। यसमा नानीहरू भएका दम्पतीहरूको लागि बाल हेरचाह, प्रजनन र शिक्षा अनुदानहरूको श्रृंखला पनि समावेश छ। चिनियाँ सरकार जनसंख्या बढाउनमा लागिपरेको छ।

समाचार अनुसार चीनमा पुरुषका लागि विवाहको न्यूनतम कानुनी उमेर २२ वर्ष तोकिएको छ। जबकि महिलाहरु को लागी यो २० वर्ष हो। पछिल्लो समय विवाह गर्नेको संख्या घटेको छ। जसको कारण जनसंख्या घट्नुको समस्या हो। सरकारले पुरस्कारको घोषणा गरेर जनसंख्या बढाउने प्रयास गरिरहेको छ। मिडिया रिपोर्टका अनुसार, जुनमा जारी गरिएको सरकारी तथ्याङ्क अनुसार, विवाह दर २०२२ मा ६.८ मिलियनमा झरेको छ, जुन १९८६ पछि रेकर्ड गरिएको सबैभन्दा कम संख्या हो। समग्रमा, चीनको प्रजनन दर लगातार घटिरहेको छ। यही कारण अहिले सरकारले युवालाई विवाहका लागि विभिन्न किसिमका प्रोत्साहन दिइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement