साउथफिल्ड कलेजमा प्रा धनकुमार देवानको विदाई कार्यक्रम सम्पन्न

दार्जिलिङ: दार्जिलिङको स्थानीय साउथफिल्ड कलेजका नेपाली विभागका प्रा धनकुमार देवानलाई कलेज परिवारले एउटा भव्य कार्यक्रममा विदाई दिएका छन्। प्रा. देवान यस कलेजमा विगत २४ वर्षदेखि कार्यरत् थिए भने उनलाई आज कलेजका प्राचार्य साथै शिक्षक/ शिक्षिका साथै अशिक्षण कर्मचारीवर्ग लगायत विद्यार्थीवर्गले उनलाई विदाई जनाए।

यस कार्यक्रममा विद्यार्थीवर्ग साथै सम्पूर्ण कर्मचारीवर्गले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।
प्रा. देवानले यस कलेजको विकासमा पुऱ्याएका योगदानहरूको उल्लेख गर्दै उनका विषयमा प्रा राकाश्री राईले वक्तव्य राखेका थिए। प्राचार्य डा. अनुराधा राईले प्रा. देवानले कलेज तथा विद्यार्थीवर्गको निम्ति आफ्नो जीवनको अमूल्य समय समर्पित गरेका पक्षहरू आफ्नो वक्तव्यमा राखे।

कलेजका सम्पूर्ण विद्यार्थीवर्गले देवान सरलाई अश्रुपूर्ण विदाई टक्राए। यस कार्यक्रममा स्वागत भाषण प्रा. कुशल घिमिरेले राखेका थिए भने प्रा. विनय प्रधानले धन्यवाद ज्ञापन गरे कार्यक्रम सञ्चालन प्रा. विनोद प्रधानले गरेका थिए।

About Author

Advertisement