गान्तोकः केही दिन अघि पैह्रोको कारण ज्यान गुमाउने चार वर्षीय बालक प्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारलाई शान्तावना दिन मुख्यमन्त्री प्रेम सिंह तामाङ आज पश्चिम सिक्किमको मानेबुङ देन्ताम समष्टिअन्तर्गत सर्दोङ लुइङ गाउँस्थित पीड़ित परिवारको घरमा पुगेका थिए। यस अवसरमा मुख्यमन्त्रीले मृतक बालका अभाभावकसित कुराकानी गर्दै शान्तावना दिए। यसको साथै मुख्यमन्त्री विवेदाधीन कोषबाट पाँच लाख रुपियाँको आर्थिक सहयोग पनि प्रदान गरे। यसको साथै पीड़ित परिवारको अवस्थालाई ध्यानमा राखेर उनले सरकारको पक्षबाट घर बनाइदिने वचन पनि दिएका छन्। यस अवसरमा मुख्यमन्त्रीले स्थानीय गाउँलेहरूसित पनि भलाकुसारी गरे।
यस अवसरमा मुख्यमन्त्रीले पैह्रो प्रभावित सर्दोङ लुइङ गाउँको भ्रमण पनि गरे। उल्लेखनीय छ, केही दिन अघि अत्याधिक वर्षाको कारण यस गाउँमा निक्कै ठाउँ भूस्खलन भएको थियो जसमा एकजना ४ वर्षीय बालकको ज्यान गएको थियो।

यस भ्रमणअवधि मुख्यमन्त्री तामाङले स्थानीय श्रीनागी गाउँ निवासी एसकेएम पार्टीका युवा संयोजक राजमान गुरुङको घरमा पनि पुगेका थिए जो हाल पतृशोकमा छन्। मुख्यमन्त्रीले राजमान गुरुङका स्वर्गवासी पितालाई श्रद्धाञ्जली अर्पण गरे।