राजधानीमा पालन गरियो पाङ ल्हाब सोल पर्व

गान्तोकः राजधानीस्थित एमजीमा मार्गमा अवस्थित एकताको प्रतिकमा पूजा अर्चना गर्दै पाङ ल्हाब सोल पर्व सामान्य ढङ्गमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। मुख्यमन्त्री लगायत अन्यहरूले एकताको प्रतिकमा पूजा अर्चना गर्दै राज्यबासीको शान्ति, एकता र सद्भावनाको निम्ति प्रार्थना गरे। गत २६ अगस्तको दिन मोर्डन स्कूलमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो। दुई दिवसीय उक्त प्रतियोगितालाई दुई भागमा विभाजन गरिएको थियो, जसमा खुल्ला वर्ग र विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

खुल्लावर्गको चित्रकला प्रतियोगितामा छोइङ ड्रकर तामाङ प्रथम भएकी छन् भने रबिन राई दोस्रो र रबि तेस्रो बनेका छन्। सोही प्रकारले विद्यालयस्तरको प्रतियोगितामा प्रवेश राई पहिलो, छिरिङ डिकी शेर्पा र मञ्जु राईले तेस्रो स्थान हासिल गरेका छन्। सञ्चारकर्मीहरूसित कुरा गर्दै पाङ ल्हाब सोल समारोह समितिका अध्यक्ष निमा लेप्चाले पाङ ल्हाब सोल समारोहको अवसरमा आयोजित विविध कार्यक्रमहरूबारे प्रकाश पारे। यो कार्यक्रमले सिक्किमेहरूलाई मात्र होइन तर राज्य बाहिरकाहरूलाई पनि आकर्षण गरेको उनले बताए। आगामी वर्षहरूमा यो कार्यक्रमलाई राज्यस्तरीय रुपमा भव्यताको साथमा पालन गर्ने पनि उनले जानकारी गराए। यस कार्यक्रममा उपस्थिति जनाएकोमा उनले मुख्यमन्त्री तामाङप्रति आभार व्यक्त गरे। सो कार्क्रममा मन्त्री विष्णुकुमार खतिवड़ा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकाल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, विधायक वाईटी लेप्चा लगायत अन्यहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement