हाईकोर्टले केन्द्रिय एजेन्सीलाई सोध्यो- कुणाल घोष विदेश जानमा आपत्ति किन ?

IMG-20230410-WA0169-11-300x172-19

कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोष विदेश जानमा केन्द्रिय एजेन्सी सीबीआईले आपत्ति व्यक्त गरेको छ। यसलाई लिएर कलकत्ता हाईकोर्टले आखिर उनी विदेश जानमा आपत्ति किन ? भनी साधेको छ। कुणालले न्यायमूर्ति जयमाल्य बागचीको एकल पीठमा याचिका लगाएका थिए। यसमा उनले भनेका थिए, उनको छोरा अमेरिकामा बस्छ, जहाँ उनी जान चाहन्छन्। यस बाहेक मुख्यमन्त्री सेप्टेम्बरमा स्पेन र दुबई गइरहेकी छन्, जहाँ पत्रकारको रूपमा उनलाई आमन्त्रित गरिएको छ।

अर्कोतिर, सीबीआईले कोर्टलाई भन्यो, कुणाल घोषलाई विदेश जाने अनुमति दिइनु हुँदैन। सीबीआईले यसो भन्दा न्यायाधीशले किन भनी सोधे। तब सीबीआईले भन्यो, चिटफण्ड मामिलामा कुणाल जमानतमा छन्। उनलाई विदेश जाने अनुमति छैन। यसपछि कोर्टले सीबीआईलाई शुक्रवार बिहान १०.३० बजीसम्म आखिर कुन कारणले गर्दा कुणाल घोष विदेश जान सक्दैनन् यसको ठोस कारण बताउनलाई भनेको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *