कोलकाताः हावड़ा जिल्लाको बाली थाना क्षेत्रमा स्टेट ब्याङ्क अफ इण्डिया (एसबीआई) को एटीएममा एक यन्त्र लगाएर पैसा निकाल्ने एक ठगलाई पुलिसले रेड ह्याण्डेड समाएको छ। उसको पहिचान कोलकाताको तिलजना थाना क्षेत्र निवासी ३४ वर्षीय मोहम्मद साहिलको रूपमा गरिएको छ। हावड़ा पुलिस कमिश्नरेटको तर्फबाट जारी बयान अनुसार, २५ अगस्तमा बाली एसबीआईका म्यानेजरले यस सम्बन्धमा प्राथमिकी दर्ता गराएका थिए।
उनले भनेका थिए, केही ठगहरूले एटीएमभित्र यस्तो यन्त्र लगाइरहेका छन् कि जब गाह्रकले पैसा निकाल्छन् तब उनको अकाउन्टबाट रूपियाँ काँटिरहेछ तर पैसा एटीएमबाट बाहिर निस्कनको साटो यस यन्त्रमा गएर फंसिरहेछ। जब ग्राहक वाक्क भएर फर्किन्छन् तब यी ठगहरू एटीएमबित्र पसेर उक्त रूपियाँ लिएर जान्छन्। यसपछि पुलिसले योजना बनाएर बिहिवार मोहम्मद साहिललाई एटीएमभित्र यस्तै गर्दै गरेको रेड ह्याण्डेड समाएको छ। उसको निशानदेहीमा उसका अन्य साथीहरूलाई खोज्ने क्रम तीव्र भएको छ। यस प्रकार उठाइएको पैसा उद्धार गर्नका लागि छापामारी अभियान पनि शुरू गरिएको छ।
-हिस