नगरपालिका नियुक्तिः ईडीले थप ११ शहरी निकायहरूलाई नोटिस जारी

कोलकाताः दक्षिण २४ परगनामा डायमन्ड हार्बरपछि प्रवर्तन निदेशालय (ईडी) ले बिहिवार पश्चिम बंगालमा शहरी निकायहरूमा नियुक्ति भ्रष्टाचार मामिलामा राज्यका अन्य ११ नगर पालिकाहरूलाई नोटिस पठाएको छ। नोटिसमा ईडीले २०१४ देखि अहिलेसम्म यी ११ नगर पालिकाहरूमा भएका भर्तीहरूको विवरण मागेको छ। यी ११ नगर पालिकाहरू उत्तर २४ परगना, दक्षिण २४ परगना र नादियाका तीन जिल्लाहरूमा फैलेको छ।

बुधवार ईडी जसले मामिलामा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) सित मिलेर जाँच गरिरहेछ, उसले दक्षिण २४ परगना जिल्लामा डायमन्ड हार्बर नगर पालिकालाई नोटिस पठाएर २०१६ मा केही भर्तीहरूमा स्पष्टीकरण मागेको थियो। पर्यवेक्षकहरू अनुसार, यसको ठीक एक दिनपछि अन्य ११ नगर पालिकाहरूलाई नोटिस पठाइनु केन्द्रिय एजेन्सीहरू पालिकाहरूको भर्ती घोटालाहरूमा आफ्नो जाँचको गति तीव्र गर्न पूर्ण रूपमा तयार छ भन्ने स्पष्ट संकेत हो। हालमा कलकत्ता हाईकोर्टमा नगर पालिकाहरूको नियुक्तिमा भएको धांधलीको जाँचको निगरानी स्वयं कोर्टले गर्ने निर्देश दिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement