कालचिनीः उत्कर्ष बाङ्गला केन्द्रद्वारा विभिन्न स्वनिर्भर गोष्ठी अथवा एसएचजी एवम् फार्मर्स प्रोड्यूसर कमिटीका सदस्यहरूलाई विभिन्न कृषि सम्बन्धित उत्पादनमूलक प्रशिक्षण प्रदान गर्ने क्रममा बिहीबार दलसिंहपाड़ा गोपालबहादुर बस्ती स्थित कालचिनी प्रगति एफपीसीको कार्यालयमा मौरी पालनको आधुनिक तकनीकि विषय लिएर मौरी पालन प्रशिक्षण शुभारम्भ भयो।
उक्त प्रशिक्षण अवधि केवल ६ दिनको रहनेछ कालचिनी प्रगति एफपीसीकी जिल्ला संयोजिका अदिति मण्डलको उपस्थितिमा बीओडी सदस्यहरू दशजना एवं सेयर होल्डर २६० जनामध्ये यस प्रशिक्षणमा जम्मा ३० जना व्यक्तिहरूको सहभागिता रहेको छ। झोलुङ्बाट मौरी विशेषज्ञ सुमन लामाले उक्त प्रशिक्षण गराइरहेको र यो प्रशिक्षण आगामी २ सेप्टेम्बरसम्म चल्ने बताईएको छ। दलसिंहपाड़ाबाट सो प्रशिक्षणमा राजेश बस्नेत, सञ्जीव गुरुङ, अरुण दाहाल, सुभाष कार्की, जनार्दन नेपाल आदिले अंशग्रहण गरेको दलसिंहपाड़ा गोपालबहादुर बस्तीका युवा समाजसेवी सञ्जीव गुरुङले जनाएका छन्।