जयगाउँ २ नम्बर ग्राम पञ्चायत प्रधानले सम्हाले कार्यभार

कालचिनीः कालचिनी खण्डको सम्पूर्ण ग्राम पञ्चायतहरूमा नै प्रायः बोर्ड गठन समाप्त भएपछि अहिले उक्त सम्बन्धित ग्राम पञ्चायतहरूमा निर्वाचित प्रधान र उपप्रधानले कार्यभार सम्हाल्ने क्रम चलिरहेको छ। बिहीबार यसै क्रममा कालचिनी खण्डको भारत भोटाङ सीमान्त जयगाउँ २ नम्बर ग्राम पञ्चायतको प्रधान अनु खातुनले प्रधानको कार्यभार सम्हालेकी छन्।
सो अवसरमा ब्लक नेता हैदर अली अन्सारी लगायत अन्यान्य नेतृत्वहरूको उपस्थितिमा प्रधान अनु खातुन र उपप्रधान फुर्बा लामालाई तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट हैदर अली अन्सारीले खदा पहिराएर बधाई दिएको थियो। अब विस्तारै विकासको कामहरू शुरु गर्दै जाने प्रधान अनु खातुनले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement