गोरामुमोद्वारा दार्जिलिङमा राष्ट्रिय गोर्खा बोन्बो महोत्सव भव्य रुपमा पालन

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा दार्जिलिङमा भदौरे पुर्णिमाको अवसरमा राष्ट्रिय गोर्खा बोन्बो महोत्सव भव्य रुपमा पालन गरिएको छ। दार्जिलिङको रेलवे स्टेशनबाट धामी झाँक्री र विभिन्न गोर्खा जातीय सांस्कृतिक साथै विभिन्न झाँकीहरुको साथमा र्‍याली चौरास्तामा पुगेर विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा गोरामुमो अध्यक्ष मन घिसिङ र विशिष्ट अतिथिको रूपमा विधायक निरज जिम्बाको उपस्थितिमा धामी झाँक्री। माता, बोज्यु देवताद्वारा पूजा आर्चना गरिएको थियो। गोर्खा जातिको सांस्कृतिक परम्परालाई संरक्षण गर्न हेतु भदौरे पुर्णिमा गुरु पूजामा संस्थापक अध्यक्ष सुवास घिसिङले राष्ट्रिय गोर्खा बोन्बो महोत्सवको शुरुआत गरेको केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी दिएका छन्।

संस्कृति बाँचे जाति बाँच्छ, जाति बाँचे देश बाँच्छ भन्ने मूल मन्त्रलाई शिरोपर गरी अध्यक्ष मन घिसिङद्वारा वर्षौदेखि पालन गर्दै आएको महोत्सवलाई लगातार पालन गरिने वाई लामाले जनाएका छन्। भारत देश गठन पूर्व नै हामी गोर्खा जनजाति यस भुभागमा छौं। हामी सम्पूर्ण गोर्खा जनजाति हौं। गोरामुमोले गोर्खाहरुको संस्कृति र परम्परालाई संरक्षण गर्दै आएको छ यसै उद्देश्य लिएर आज राष्ट्रिय गोर्खा बोन्बो महोत्सव पालन गरेका हौं। यसैले अब भारत भरिएर बसोबास गर्ने गोर्खाहरुले आफ्नो संस्कृति अनि परम्परालाई संरक्षण गर्नुपर्छ।

आजको कार्यक्रमलाई सफल तुल्याउनको सबैले आ- आफ्नो क्षेत्रबाट ठूलो सहयोग पुर्‍याउन हुने सबैलाई गोरामुमोको तर्फबाट धन्यवाद दिन चाहान्छौं। आयोजक समितिको तर्फबाट निमन्त्रणा स्वीकार गरी विभिन्न जात गोष्ठीबाट आएर आफ्नो जातीय संस्कार, नृत्य गीत प्रस्तुत गरिदिएकोमा धन्यवाद दिन चाहान्छौ साथै राष्ट्रिय गोर्खा बोन्बो महोत्सव कमिटीलाई गोरामुमो केन्द्रीय समितिको तर्फबाट आजको कार्यक्रम सफलतापूर्वक आयोजना गरिएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिन चहान्छौ भनी वाई लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement