एफसी मल्लीले एफसी बायर्न युथ कपमा हिस्सा लिने

३१ अगस्तः फूटबल क्लब मल्लीले प्रतिष्ठित एफसी बायर्न युथ कप २०२३-मा हिस्सा लिनेछ। यो टुर्नामेण्ट ३ सेप्टेम्बरदेखि गोवामा शुरु हुनेछ। यस टुर्नामेण्टले देशभरिका युथ फूटबल टीमहरूलाई एउटा मञ्चमा ल्याएर आफ्नो प्रतिभा देखाउने मौका प्रदान गर्दछ। एफसी मल्लीका संस्थापक तथा अन्तर्राष्ट्रिय स्तरमा छाप छोड़िसकेका फूटबलर निर्मल छेत्रीले भने, एफसी बायर्न युथ कपमा हिस्सा लिने मौका पाएर हामी उत्साहित छौं। यस टुर्नामेण्टले युवा खेलाड़ीहरूलाई आफ्नो प्रतिभा देखाउने मौका मात्र प्रदान नगरेर राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेर धेरै कुराहरू सिक्ने अवसर पनि प्रदान गर्छ। मुख्य प्रशिक्षक बिक्रम छेत्रीको मार्गदर्शनमा टुर्नामेण्टमा हिस्सा लिने एफसी मल्लीका खेलाड़ीहरू टुर्नामेण्टमा असल प्रदर्शन गर्ने विषयमा आशावादी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement