कुचबिहारमा २ स्वास्थ्य केन्द्रको उद्घाटन

कुचबिहार: कुचबिहार शहरमा २ थप सार्वजनिक स्वास्थ्य केन्द्रहरू उद्घाटन गरियो। योसँगै नगरमा कुल स्वास्थ्य केन्द्रको संख्या ७ पुगेको छ। नगरको २० र १ नम्बर वडामा रहेको स्वास्थ्य केन्द्रको बिहीबार अध्यक्ष रवीन्द्रनाथ घोषले उद्घाटन गरेका हुन्। स्थानीय पार्षदहरू पनि उपस्थित थिए। यहाँबाट प्रारम्भिक उपचारका साथै रक्तचाप, सुगरलगायतका धेरै प्रकारका परीक्षण पनि गरिने बताइएको छ।

प्रत्येक स्वास्थ्य केन्द्रमा एक डाक्टर, स्टाफ नर्स र एएनएम कार्यकर्ता गरी जम्मा ५ जना कर्मचारी बसिरहेका छन्। उद्घाटनपछि रवीन्द्रनाथ घोष आफैंले स्वास्थ्य परीक्षण गराए। अलिकति विरामी परे पनि यहाँका बासिन्दा लाईन काटेर डाक्टर हेर्न अस्पताल जानुपर्ने उनको भनाइ छ। अब घर अगाडि स्वास्थ्य केन्द्र बनेपछि स्थानीयवासी लाभान्वित हुनेछन्। उनले नगरको वडा नम्बर ६ मा अर्को स्वास्थ्य केन्द्र पनि छिट्टै उद्घाटन गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement