‘कश्यप’ स्मृति पुरस्कारका लागि लेखकहरुलाई आह्वान

गान्तोक: तुलसीराम शर्मा 'कश्यप' प्रतिष्ठान सिक्किमद्वारा हरेक वर्ष प्रदान गरिने तुलसीकश्यप´ स्मृति पुरस्कार २०२४ का निम्ति लेखकहरूबाट साहित्यिक पुस्तकहरूको आह्वान गरेको छ। भारतीय साहित्यकारका पुस्तक जो सन् २०२०,२०२१ र २०२२ भित्र प्रथम संस्करण प्रकाशित भएका छन्, ती पुस्तक प्रतिष्ठानलाई चयनार्थ पठाउनका निम्ति तुलसीराम शर्मा कश्यप´ प्रतिष्ठान सिक्किमले, भारतभरिका सबै साहित्यकारहरूलाई अनुरोध गरेको हो। तुलसीकश्यप´ स्मृति पुरस्कारमा नगद रू ५१०००/- (एकाउन्न हजार), प्रशस्ति पत्र र स्मृति चिन्ह समावेश रहनेछन्। चयनार्थ पठाइने पुस्तक साहित्यका कुनै पनि विधाका हुन सक्नेछन्। एकजना लेखकको एउटामात्र पुस्तकका चार प्रति निम्नलिखित ठेगानामा आगामी ३१ अक्टोबर, २०२३ सम्ममा आइपुग्ने गरि पठाइदिने साहित्यकारलाई आग्रह गरिएको छ। पुस्तक श्रीमती हिरालता शर्मा कश्यप सदन, कन्या पाठशाला मार्ग, गान्तोक, सिक्किम ७३७१०१ ठेगानामा पठाइदिने आग्रह गरिएको छ। साथै फोन ७८६६०७०२२१ मा सम्पर्क गर्न सकिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement