कोलकाताः कोलकाताको हाजरास्थित चर्चित चित्तरञ्जन सेवासदन अस्पतालमा एक गर्भवर्ती महिलासॅंग दुष्कर्म भएको मामिला अघि आएको छ। यति मात्र नभएर आरोपित व्यक्तिले दुष्कर्ममा वाधा दिॅंदा महिलालाई मार्ने धम्की समेत दिए। यो घटना बुधवार सॉंझ लगभग चार बजीको हो। दुष्कर्मपछि अपराधी अस्पतालको सुरक्षा घेराबाट सहजै भाग्न सफल बनेका छन्। शुरूमा यस घटनालाई दबाइएको थियो, तर राति खुलासा भयो।
अस्पताल प्रशासनले महिलाको उपचारको निम्ति एसएसकेएम अस्पताल पठाएको छ। महिलाको टाउकोमा चोट लागेको छ। सूत्रहरू अनुसार, उपचारपछि महिलाले भवानीपुर थानामा मामिला दर्ता गराएकी छन्। सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, महिला प्रसूति अस्पतालको छतमा गएकी थिइन्। त्यही समय अपराधीले महिलासॅंग दुष्कर्मको प्रयास गरे। यस अवधि ठेला-ठेल हुॅंदा आरोपितले महिलाको टाउको भित्तामा ठोकाइदिए। यो घटनापछि अस्पतालको सुरक्षामाथि प्रश्न उठेको छ। सीसीटीवी र सुरक्षा गार्डहरूको उपस्थितिमा महिला छतमा कसरी पुगिन् र एक बहिरको व्यक्ति प्रसूति अस्पतालमा कसरी पुगे भन्ने प्रश्नहरू उठ्न थालेका छन्। सूत्रहरू अनुसार, पुलिसले जॉंच शुरू गरेको छ। सीसीटीवीको जॉंच गरिॅंदैछ। सुरक्षाकर्मीहरूसॅंग पनि केरकार गरिॅंदैछ। अर्कोतिर, यस घटनालाई लिएर अस्पतालका उच्च अधिकारीहरू चुप्प छन्।
-हिस