उत्तर दिनाजपुर : अगस्त ८ अपहरणमा परेका गोविन्दपुर ग्राम पञ्चायतका दुई सदस्यको बिहीबार उद्धार गरिएको छ। अपहरणपछि उनलाई सिलगढीको रवीन्द्रपल्ली क्षेत्रको एउटा घरमा राखिएको बताइएको छ। अपहरणमा परेका पञ्चायत सदस्य मोहम्मद जाहिद आलम र मोहम्मद असलम अपहरणकारीबाट भागेर बिहीबार इस्लामपुर पुलिस थानामा हाजिर भएका थिए। चोपडाका विधायक हमिदुल रहमानको समूहका मानिसहरूलाई अपहरणको आरोप लगाइएको छ। उनको भागेको खबर पाएपछि इस्लामपुर ब्लाक अध्यक्ष जाकिर हुसैन र उनका अनुयायी इस्लामपुर पुलिस स्टेशन पुगे। अपहरणमा परेका दुवै पञ्चायत सदस्यले घटनाबारे पुलिसलाई जानकारी गराएका थिए । पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।