पुलिसले हराएको र चोरीका १७ वटा मोबाइल बरामद गरी मालिकलाई बुझाए

सिलगढी: सिलगढी पुलिस थाना अन्तर्गत विभिन्न क्षेत्रहरूमा हराएको र चोरी भएका कुल १७ मोबाइल फोनहरू सिलगढी पुलिस स्टेशनले बरामद गरी मोबाइल फोन मालिकहरूलाई हस्तान्तरण गरेको छ। फोनहरू बिहीबार दिउँसो सिलगढी पुलिस स्टेशनमा तिनीहरूका मालिकहरूलाई हस्तान्तरण गरियो। एसीपी मोक्सुदुर रहमानले १७ वटा मोबाइलमध्ये १३ हराएका र ४ वटा चोरी भएको बताए । विगत एक महिनादेखि सिलगढी पुलिस थाना क्षेत्रका विभिन्न चौकी र सिलगढी थानामा मोबाइल चोरी र हराएको उजुरीको अनुसन्धानपछि पुलिसले १७ वटा मोबाइल बरामद गर्न सफल भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement