३१ अगस्तः नोवाक जोकोविच र इगा स्वियातेकले भीषण गर्मी र आद्रताबीच सीधा सेटमा जीत हासिल गरी यूएस ओपन टेनिस टुर्नामेण्टको तेस्रो राउण्डमा स्थान बनाए। दोस्रो वरीयता प्राप्त सर्बियाका दिग्गज खेलाड़ी जोकोविचले ७६औं ऱ्यांकिंग भएका स्पेनका खेलाड़ी बर्नाबे जापाटा मिरालेसलाई ६-४, ६-१, ६-१-ले पराजित गरे। यसबीच गत वर्षका उपविजेता केस्पर रुड चाहिँ चीनका झांग झिझेन विरुद्ध उलटफेरको शिकार बने। यस जीतको साथै झांग एटीपी ऱ्यांकिंगको शीर्ष पाँचमा सामेल कुनै खेलाड़ीलाई पराजित गरी चीनका पहिलो खेलाड़ी बने। झांगले पाँचौं वरीयता प्राप्त नर्वेका रुडलाई ६-४, ५-७, ६-२, ०-६, ६-२-ले पराजित गरे। अब उनको सामना अष्ट्रेलियाका रिंकी हिजिकाटासँग हुनेछ। रुडको साथमा सातौं वरीयता प्राप्त स्टेफानोस सितसिपास पनि उलटफेरको शिकार बने। उनलाई स्विट्जरल्याण्डका क्वालीफायर डोमिनिक स्टिकरले ७-५, ६-७, ६-७, ७-६, ६-३-ले पराजित गरे।
यसरी महिला एकलमा शीर्ष वरीयता प्राप्त गत च्याम्पियन पोल्याण्डकी इगा स्वियातेकले अष्ट्रेलियाकी डारिया साविलेलाई ६-३, ६-४-ले पराजित गरिन्। यसरी २००९-मा उपविजेता रहने बेल्जियमकी क्यारोलिना वोज्नियाकीले दुईपल्टकी विम्बल्डन च्याम्पियन चेक गणराज्यकी पेट्रा क्वितोवालाई ६-५, ७-६-ले पराजित गरिन्। यसअघि अमेरिकाकी छैटौं वरीयता प्राप्त कोको गौफले रुसकी १६ वर्षीय मीरा आन्द्रीवालाई सीधा सेटमा ६-३, ६-२-ले पराजित गरी तेस्रो राउण्डमा स्थान बनाइन्। अब उनको सामना बेल्जियमकी ३२औं वरीयता प्राप्त एलिसे मर्टेन्ससँग हुनेछ, जसले अमेरिकाकी डेनियेले कोलिन्सलाई ३-६, ७-६, ६-१+ले पराजित गरिन्। तीन साल अघि खिताब जित्ने डोमिनिक थिएम अमेरिकाका बेन शेल्टन विरुद्ध म्याचबाट रिटायर भए। यसरी नै फ्रान्सका वाइल्ड कार्डधारी बेञ्जामिन बोञ्जीले २८औं वरीयता प्राप्त क्रिस्टोफर यूब्यांक्सलाई ७-६, २-६, ६-२, ७-६-ले पराजित गरे। यसरी महिला एकलमा चौथो वरीयता प्राप्त एलेना रायबाकिनालाई वक्ओभर प्राप्त भयो कारण अष्ट्रेलियाकी एजला टोमजानोविचले म्याच अघि नाम फिर्ता लिइन्। दशौं वरीयता प्राप्त क्यारोलिना मुचोवाले पोल्याण्डका मेगडलीना फ्रेचलाई ६-३, ६-३-ले पराजित गरिन्। यसरी स्विट्जरल्याण्डकी १५औं वरीयता प्राप्त बेलिण्डा बेन्सिचले ब्रिटेनकी क्वालीफायर यूरिको लिलीलाई सजिलैसँग ६-३, ६-३-ले पराजित गरिन्।