नदीबाट अज्ञात व्यक्तिको मृतदेह उद्धार गरियो

IMG-20230528-WA0320-5-300x172-18

सिलगढी: सिलगढी नगर निगमको ४६ नम्बर वार्ड अन्तर्गत नेताजी कलोनीस्थित महेशमारी नदीबाट एकजना आधा वैशे उमेर पुगेका व्यक्तिको मृतदेह उद्धार गरिएको छ। यस घटनापछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले एकजना व्यक्तिको लाश महेशमारी नदीमा बगिरहेको अवस्थामा देखे। यसपछि घटनाबारे वार्ड पार्षद अनि प्रधान नगर थाना पुलिसलाई जानकारी दिए छ। घटनाको खबर पाउन साथ पार्षद सहित पुलिस घटनास्थलमा पुगे अनि नदीबाट मृतदेह उद्दार गरे। यसपछि लाशलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। समाचार लेखुञ्जेलसम्म लाशलाई चिन्हित गर्न सकिएको छैन। तथापि, पुलिस मृतकको पहिचान गर्ने कार्यमा जुटेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement