जलपाइगढी: पुलिस र फ्रेन्डशिप कपको फाइनल खेल बुधबार भएको छ। राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी र जलपाइगढी जिल्ला पुलिसको निर्देशनमा मैनागढी पुलिस स्टेशनले खेलको आयोजना गरेको थियो। मैनागढी ब्लकका १६ ग्राम पञ्चायतहरू मिलेर खेल आयोजना गरिएको थियो। उक्त खेलको फाइनल बुधबार भएको थियो। आजको अन्तिम खेलमा एकातर्फ आमगुड़ी ग्राम पञ्चायत र अर्कोतर्फ चुरभन्दर ग्राम पञ्चायत थियो। खेलमा अमगुडी ग्राम पञ्चायत २–१ ले विजयी भएको थियो।

खेलको म्यान अफ द म्याच आमगुडी ग्राम पञ्चायतका तपस रोय, म्यान अफ द सिरिज चुरभान्दर ग्राम पञ्चायतका विशाल कंगार, उत्कृष्ट गोलकिपर चुराभन्दर ग्राम पञ्चायतका विकास हाजरा, उत्कृष्ट डिफेन्डर चुराभन्दर ग्राम पञ्चायतका विशाल रोय भए। यस सम्बन्धमा मैनागढी थानाका आईसी, तमल दासले भने, “पुलिस फ्रेन्डसिप कपको फाइनल खेल आयोजना गरिएको थियो। त्यो खेल अमगुडी ग्राम पञ्चायतले जित्यो। उनीहरूले आगामी दिनमा जलपाइगढीमा हुने जिल्ला स्तरीय खेलमा भाग लिनेछन्।”