जलपाइगढी: जलपाइगढीको गौरिया मठमा हरेक वर्ष झैँ झूलन उत्सव पूर्ण भव्यताका साथ मनाइँदैछ। झुलन उत्सव हेर्न मन्दिरमा भक्तजनको भीड लागेको छ। पूरै मन्दिर परिसरमा टुनी बल्ब र विशेष किसिमको रङ्गीन बत्ती बालेर उत्सवको वातावरण बनेको छ। मन्दिर समितिका सदस्य भीमकृष्ण दासले हरेक वर्ष झैं यस वर्ष पनि मेला हर्षोल्लासका साथ मनाउन लागिएको बताए। अर्कोतर्फ गौरिया मठको यो पर्वमा सहभागी हुन पाएकोमा नगरवासी पनि खुसी छन्। यसमा रञ्जित बर्मन नामका भक्तले भने, ‘म हरेक वर्ष झुलन पर्वमा यहाँ आउँछु, यो वर्ष पनि निकै खुसी छु। राति झुलन यात्राको अवसरमा जमिन्दारपाडामा खिचरी प्रसाद वितरण गरिएको छ।