प्रीमियर लीगः लिभरपूलको रोमाञ्चक जीतले सिटीमाथि दबाउ जारी

IMG-20220518-WA0117.jpg

१८ मईः शुरुमै गोल खाएर असाधारण पुनरागमनको साथ जीत हासिल गर्ने लिभरपूलले ईंग्लिश प्रीमियर लीग (ईपीएल)-को खिताब जित्ने होड़मा गत विजेता म्यानचेष्टर सिटीलाई खेदो गर्न जारी राख्यो। मंगलवार राति खेलिएको म्याचमा लिभरपूलले साउथम्प्टनलाई २-१-ले पराजित गऱ्यो। लिभरपूलको यस जीतले प्रीमियर लीग विजेताको फसेला अन्तिम चरणको म्याचमा हुने तय भयो। प्रीमियर लीग टेबलमा अहिले म्यानचेष्टर सिटी ९० पोइण्टको साथ पहिलो अनि लिभरपूल ८९ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। गोल अन्तरको आधारमा अघि रहे पनि प्रीमियर लीगको जारी सीजनमा च्याम्पियन बन्न सिटीसँग एस्टन भिल्ला विरुद्ध आफ्नो अन्तिम म्याचमा जीत हासिल गर्न बाहेक अन्य कुनै विकल्प रहनेछैन। यसरी नै लिभरपूलले आफ्नो अन्तिम म्याच वूल्भ्स विरुद्ध खेल्नेछ।

साउथम्टनले आफ्नो होम ग्राउण्डमा १३औं मिनटमै बढ़त हासिल गऱ्यो। नाथन रेडमोण्डले होम टीमलाई म्याचको एकमात्र गोल दिलाए। एक गोलले पछाड़िएपछि लिभरपूलले पनि चाँड़ै स्कोरलाई बराबरीमा पुऱ्यायो। टाकुमी मिनामिनोले २७औं मिनटमा लिभरपूललाई पहिलो गोल दिलाए। त्यसपछि म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलको निम्ति जोएल माटिपले ६७औं मिनटमा म्याचको दोस्रो तथा निर्णायक गोल गरे। यसबीच आर्सनल चाहिँ लगातार दोस्रो हारको साथ चौथो स्थानको होड़देखि टाड़िन पुग्यो। आर्सनललाई न्यूक्यासल युनाइटेडले २-०-ले पराजित गऱ्यो। आर्सनल अहिले ३७ वटा म्याचमा ६६ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ अनि अहिले चौथो स्थानमा रहने टोटनह्याम हट्स्परसँग उनीहरूभन्दा २ पोइण्ट अधिक रहेको छ। यसबीच न्यूक्यासल चाहिँ ४६ पोइण्टकोसाथ १२औं स्थानमा रहन पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement