मुख्यमन्त्री ममता ब्यानर्जीले अमिताभ बच्चनलाई राखी बाँधिन्

00-1-CM-Mamta-Banerjee-Raksha-Bandhan-Amitabh-Bachchan

मुम्बई: रक्षा बन्धनको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जी मुम्बई पुगेकी छिन्। यहाँ उनी बलिउड सुपरस्टार अमिताभ बच्चनको घर पुगिन्। उनले त्यहाँ बिग बीलाई राखी बाँधिन्l रक्षा बन्धन पर्वलाई लिएर देशैभर उत्साह छ। यसैबीच, रक्षा बन्धनको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जी बुधबार मुम्बई पुगेकी हुन्। उनी अमिताभ बच्चनको घर गइन्। यी तस्वीरहरू टीएमसीले सोशल मिडियामा सेयर गरेको छ। राखी बाँधेपछि मुख्यमन्त्रीले परिवारका सबै सदस्यलाई भेट गरिन्। जसमा अमिताभ बच्चन स्वयं, उनकी पत्नी जया बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राई र बिग बीकी नातिनी आराध्या बच्चन पनि देखिएका छन्। मुख्यमन्त्रीसँगको भेटमा ऐश्वर्या र जया बच्चन परम्परागत लुकमा देखिएकी थिइन्। राखी बाँधेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले बच्चन परिवार देशमा नम्बर १ भएको र आज सम्पूर्ण परिवारलाई भेटेर निकै खुशी भएको बताइन्। उनले बिग बीलाई भारत रत्न बताइन्। उनले भनिन्, ‘मैले उनलाई दुर्गा पूजामा सहभागी हुन र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन पनि निम्तो दिएकी छुl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *