४/८ गोर्खा राइफल्स क्वार्टर फाइनलमा

IMG-20230830-WA0367.jpg

३० अगस्तः मटेलीमा डुवर्स भिजन सोसाइटी (मटेली बजार)-को तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा ४/८ गोर्खा राइफल्सले पेनल्टी शूटआउटमा रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा बुधवार भएको म्याचमा ४/८ गोर्खा राइफल्सले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० सेप्टेम्बरमा हुनेछ। फाइनल १२ सेप्टेम्बरमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *