सिलगढ़ी युनाइटेड प्री-क्वार्टर फाइनलमा

photocollage_202383022405228.jpg

३० अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीत हासिल गरी प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा बुधवार भएको म्याचमा सिलगढ़ी युनाइटेडले रोहिनी फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका लाक्पा भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो, जसले २ गोल गरे। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement