गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस मा एमबीबीएसका विद्यार्थीहरूसँग अन्तरक्रिया गरे। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा भएको भएको भेटमा मुख्यमन्त्रीतामाङले विभिन्न विषयबारे जानकारी लिए। विद्यार्थीहरुमा नाम्चीकी शमा राई, फेवा बस्ती तादोङकी टासी ल्हमू शेर्पा र पाक्योङकी दिव्या भण्डारी थिइन्। मुख्यमन्त्री तामाङले विद्यार्थीहरुको भविष्यका लागि शुभकामना दिँदै सहयोग गर्ने वचन दिए।