राज्यपालले पाङ ल्हाबसोल पर्वको राज्यवासीहरूलाई शुभकामना दिए

IMG-20230830-WA0372.jpg

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पाङ ल्हाबसोलको शुभ अवसरमा सिक्किमवासीहरूलाई आफ्नो शुभकामना दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, पाङ ल्याबसोलको शुभ अवसरमा सिक्किमका संरक्षक देउताको रूपमा प्रतिष्ठित माउण्ट कञ्चनजङ्घाप्रति श्रद्धा एवं सम्मान प्रकट गर्दछौं। ऐतिहासिक दृष्टिले यस दिन काबी लुङचोकमा लेप्चा र भोटिया समुदायबिच भाइचारा सम्झौताको पनि प्रतिनिधित्व गर्दछ।’

राज्यपालले अझ भनेका छन्द्व ‘एकता र भाइचाराको प्रतीक यस पर्वको अवसरमा म हाम्रा संरक्षक देउतासॅंग सिक्किमवासीहरूमा शान्ति र सामुदायिक सद्भाव र प्रगाढता प्रदान गर्न प्रार्थना गर्दछु। यो पर्वले हामीलाई एकजुटताका साथ प्रगति र समृद्धिको दिशामा अग्रसर गरुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement