२० लाख रूपियाँको कोकिनको साथ पक्रा परे युवती सहित दुई तस्कर

00-1-Rajya-Samachar-10

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले लगभग २० लाख रूपियाँको कोकिनको साथ एक युवती सहित दुई जनालाई हावड़ा स्टेशनबाट पक्राउ गरेको छ। एसटीएफका एसपी इन्द्रजीत बसुले जानकारी गराए, एक दिनअघि मंगलवार साझँको समय हावड़ा स्टेशनमा एसटीएफको टीम पुगेको थियो।

प्लेटफार्म नम्बर १८ मा यात्रीहरूको भारी भीड़बीच दुई संदिग्धलाई हिरासतमा लिइयो। यिनीहरूको पहिचान गाजियाबादको साहिबाबाद निवासी २३वर्षीय आरसी सिद्दिकी र कोलकाताको अमहर्स्ट स्ट्रीट निवासी ४० वर्षीय महेश प्रसाद जायसवालको रूपमा गरिएको छ।

यिनीहरूको तलाशी लिँदा यिनीहरूदेखि ८६ ग्राम कोकिन उद्धार गरियो। यसको अनुमानित दर लगभग २० लाख रूपियाँ छ। दक्षिण अमेरिकामा यो कोकीन तयार पारिएको र यसलाई विभिन्न बाटोबाट भारतमा पुऱ्याइएको थाहा लागेको छ। यस कोकिनलाई महंगो पार्टीहरूमा प्रयोग गरिन्थ्यो र धेरै मामिलाहरूमा विश्वविद्यालयमा धनी परिवारका छात्रहरूले यसको प्रयोग गर्छन्। दुवै तस्करसित सोधपुछ जारी छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement