तृणमूल कार्यकर्ताको गोली हानेर हत्या

00-1-Rajya-Samachar-9

कोलकाताः नदियाको नकाशीपाड़ामा तृणमूल कार्यकर्ताको हत्या गरिएको छ। परिजनहरूले उसको गोली हानेर हत्या गरिएको आरोप लगाएका छन्। मारिएका व्यक्तिको नाम मटियाजुल दफादार हो। यस घटनामा दुईजना तृणमूल कार्यकर्तालाई पनि गोली लागेको छ। मङ्गलवार राति नकाशीपाड़ामा वाम-कांग्रेस र तृणमूल कार्यकर्ताहरूबिच झड़प भएको थियो। आज बिहान बदमाशहरूले मटियाजुल दफादारको घरमा पसेर गोलीबारी गरे। परिजनहरूले लेफ्ट-कांग्रेसमाथि गोली चलाएको आरोप लगाएका छन्। पुलिसले घटनाको जॉंच शुरू गरेको छ।

सीसीटीभी फुटेजको आधारमा पुलिसले जॉंच शुरू गरेको छ। यस अघि १४ अगस्तमा पनि नकाशीपाड़ामा गोलीबारीमा नानी र महिलासहित १५ जना घाइते भएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement