सिलिगुडी: सिलिगुडीमा निर्मम हत्या भएकी बालिकाले उचित न्याय पाउन पर्छ भनि जलढका परिवार फाउन्डेसनले मौन जुलुस निकाले। उक्त जुलुसमा स्प्रिङ डेल एकाडेमी,मिजपा एकाडेमी,जलढक्का उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरु, शिक्षकगण साथै समृद्धि सब क्लस्टर स्व. निर्भर दल, मेगाजिन लाइन प्रकट संघ समाज अनि जलढका स्पाेर्ट्स एसाेसिएसनले भाग लिएका थिए।स्प्रिङ डेल एकाडेमीका प्रध्यापिका श्रीमती लतिका पतोवरीले उक्त घटनाको दु:ख मान्दै विशेष छोरी-चेलीलाई आत्मसुरक्षा विषयमा सुझाव राखिन् साथै पाठशालामा गुड टच ब्याड टच विषयमा नानीहरूलाई शिक्षा दिए धेरै असल हुनेछ भनि सुझाव राखिन्।

यसरी नै जलढक्का उच्चतर माध्यमिक विद्यालयका शिक्षिका श्रीमती निलु थापाले उक्त घटनाको खेद प्रकट गर्दै निर्मम हत्या भएकी बालिकाले उचित न्याय पाओस् भनि यो मौन जुलुस निकालिएको हो भनेर विद्यार्थीहरुलाई जानकारी दिइन्। यसरी नै समृद्धि सब क्लस्टरका सदस्य श्रीमती गुन्जा शर्माले अभिभावकहरुले नानीहरूको शिक्षालाई मात्र नभएर सुरक्षालाई पनि धेरै मध्यनजर राख्नुपर्छ भनेर सबैलाई सुझाव राखिन्। कवि निरु बिन्दुले घटनासँग सम्बन्धित कविता वाचन गरेर सुनाए। उक्त कार्यक्रमलाई सञ्चालन फाउन्डेसनका सचिव कैलाश सुब्बाले गरेका थिए।









