दश पशुसहित तीनलाई बीएसएफले समायो

00-1-Rajya-Samachar-9

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत १५औं बटालियन बीएसएफको बर्डर आउट पोस्ट (बीओपी) माहदेवका सतर्क सीमा जवानहरूले तीन भारतीय तस्करहरूलाई पशु तस्करीको आरोपमा समाएका छन्। पक्रा परेका पशु तस्करहरूको नाम सुम्नतो सरकार (१८), अभिजीत राय (२५) र शुभराज चक्रवर्ती (३४) बताइएको छ।

प्राप्त जानकारी अनुसार, बीओपी महादेवको मुख्य द्वारमा एक पिकअप वाहनलाई रोकेर जवानहरूले तलाशी लिए। तलाशी लिएको समय चियापत्तीमुनि लुकाएर राखिएका १० पशु उद्धार भयो। जसलाई तस्करी गरी भारतदेखि बांग्लादेश लगिन्दैथियो। पक्रा परेका तीनै तस्करहरूलाई जफत गरिएको पशुहरूको साथ अघिको कारबाहीको निम्ति कोतवाली पुलिसलाई सुम्पिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *