राजवंशी समुदाय विरूद्ध आपत्तिजनक टिप्पणीको निम्ति मुख्यमन्त्रीले माफी माग्नुपर्छः भाजपा

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राजवंशी समुदायलाई लिएर गरेको टिप्पणीको निम्ति माफी माग्नु पर्ने भारतीय जनता पार्टीले माग गरेको छ। एक दिनअघि एक कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री ब्यानर्जीले उत्तर बंगालको दलित राजवंशी समुदायको तुलना आफ्नो खुट्टासॅंग गरेकी थिइन्। उनको यस्तो टिप्पणीलाई लिएर भाजपा निकै आक्रमक बनेको छ।

उत्तर बंगालका प्रभारी एवं आईटी सेलका प्रमुख अमित मालवीयले ममता ब्यानर्जीले आफ्नो उक्त बयानको निम्ति माफी माग्नुपर्छ भनेका छन्। बुधवार बिहान उनले माइक्रो ब्लगिङ्ग साइट एक्समा बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राजवंशी समुदायलाई आहत अनि अपमानित गरेको बताएका छन्। मुख्यमन्त्रीले राजवंशी समुदायको तुलना उनको खुट्टासॅंग गरेको उनले आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘राजवंशी समुदायसॅंग एक समृद्ध सांस्कृतिक विरासत छ, तर उनीहरूलाई यसरी बदनाम गर्नुले ममता ब्यानर्जीको दलित विरोधी मानसिकतालाई उजागर गर्दछ। उनले बिना शर्म माफी माग्नु पर्छ। भाजपाले हालैमा एक प्रमुख राजवंशी नेता अनन्त महाराजलाई राज्यसभाको निम्ति नामित गरेको छ। एक अन्य राजवंशी नेता निशिथ प्रमाणिक केन्द्र सरकारमा केन्द्रिय गृह राज्य मन्त्री छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement