प्रजापिता ब्रह्माकुमारी ईश्वरीय संस्थाद्वारा एसएसबीलाई रक्षा बन्धनको शुभकामना

cc6c73e1-37df-4f35-acd5-8b97067fe235

कालचिनीः बुधबार रक्षा बन्धनको उपलक्ष्यमा विभिन्न ठाउँहरूमा रक्षा बन्धनको शुरुवात सबैले आ-आफ्नै ढङ्गमा पालन गरिरहेको क्रममा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय संस्थाका सदस्यहरूले एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयमा पुगेर कमान्डेन्ट विजय सिंह लगायत द्वितीय कमान अधिकारी धीरज कुमार, उपकमान्डेन्ट हर्ष सिन्हा, सहायक कमान्डेन्ट अशोक राय एवम् अन्यान्यलाई राखी बाँधेको थियो।
यस अवसरमा भारतीय संस्कृतिमा रक्षा बन्धनको महत्वबारे प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लगायत एसएसबी पक्षले बताएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement