कुचबिहार: राखी बन्धन पर्व बुधवार भेटागढीमा केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामाणिकको निवासमा मनाइयो। राखी पूर्णिमाको विशेष दिन १३औं बङ्गाल बीएन एनसीसीको पहलमा राखी बन्धन उत्सवको आयोजना गरिएको थियो। यस दिन एनसीसी क्याडेटहरूले गृह राज्यमन्त्री निशिथ प्रामाणिकको घरमा गएर गृह राज्यमन्त्रीलाई राखी बाँधेर पर्वको शुभकामना दिएका थिए।

यस दिन गृह राज्यमन्त्री निशिथ प्रामाणिकले राखी बन्धन समारोहमा सहभागी भई सबैलाई उपहार दिएका थिए। गृह राज्यमन्त्रीसँगै एनसीसी क्याडेटले त्यहाँ उपस्थित निशिथ प्रामाणिकका सुरक्षा गार्डलाई पनि राखी बाँधे।