सुधाकर दलेला भूटानमा भारतको नयाँ राजदूत नियुक्त

photocollage_202279233631880.jpg

नयाँ दिल्ली: सुधाकर दलेला भूटानमा भारतको नयाँ राजदूत नियुक्त भएका छन्। उनी अहिले वाशिङ्गटनमा भारतीय दूतावासको मिशन उप प्रमुख हुन्। उनले छिट्टै कार्यभार सम्हाल्ने आशा गरिएको छ।

विदेश मन्त्रालयले शनिवार उनको नियुक्तिको जानकारी दिए। सुधाकर दलेला १९९३ मा भारतीय विदेश सेवामा सामेल भएका थिए। उनले तेल अवीव, इजराइलबाट आफ्नो राजनयिक करियर शुरू गरे। त्यहॉं उनले हिब्रू भाषामा दक्षता हासिल गरे। उनले ब्रासीलिया, शिकागो, जिनेवा, ढाका, वाशिङ्गटन डीसीमा भारतीय मिशनहरूमा सेवा दिए।

उल्लेखनीय छ, हालैमा भूटानकी राजदूत रुचिरा कंबोजलाई न्यूयर्कस्थित संयुक्त राष्ट्रमा भारतको राजदूत एवं स्थायी प्रतिनिधि नियुक्त गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement