नेपाली साहित्य परिषद् सभा सम्पन्न

IMG_20220709_232725.jpg

गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमको तत्वावधानमा सम्पन्न भइरहेको २०८औं भानु जयन्ती समारोहको अन्तिम चरणको समीक्षा बैठक परिषद्कै सभाकक्षामा सम्पन्न भयो। उक्त सभा समितिको अध्यक्ष बीएस पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। विभिन्न उप-समितिहरूको कार्यको प्रगतिबारे सभाले जानकारी लिएपछि सन्तोष व्यक्त गर्दै अध्यक्ष पन्तले कार्यक्रमलाई सफल तुल्याउनका लागि अझ सशक्त भएर कार्य गर्नुपर्ने सुझाउ राखे।
आगामी १३ जुलाईका दिन सम्पन्न गरिने आदिकविको २०८औं जन्मजयन्तीको कार्यक्रम पूर्व निर्धारित कार्यक्रमअनुसार सम्पन्न गरिने विषयमा पनि सभाले मतैक्य व्यक्त गऱ्यो। समारोह समितिले आजदेखि शुरू गरेको कार्यक्रम अन्तर्गत अन्तरविद्यालय एवं खुल्ला कविता पाठ प्रतियोगितामा विद्यालय स्तरमा १६ वटा विद्यालयका छात्र-छात्राहरूले भाग लिए, जसमा सिच्छे उच्चतर माध्यमिक विद्यालयका पासाङ छिरिङ तामाङ प्रथम, टाशी नामग्याल अकादमीकी छात्रा टिमाशा गौतम दोस्रो, र मर्डन उच्चतर माध्यमिक विद्यालयकी छात्रा आशना कार्की तृतीय स्थान ओगट्न सफल भए। यसरी नै खुल्ला कविता पाठ प्रतियोगितामा प्रथम कृष्ण ढुङ्गेल, दोस्रो गोपाल पाठक, र तेस्रो नीलम गुरूङ बने। कार्यक्रमको अध्यक्षता सिक्किम अकादमीका सचिव पीएल शर्माले गरेको थियो। मणिका शर्माद्वारा सञ्चालित आजको प्रतियोगितामा स्वागत नेसाप उपाध्यक्ष हरि ढुङ्गेलले राखेको थियो भने धन्यवाद लुइस बिष्टले राखेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *