कालेबुङ: कालेबुङको ९ माइलस्थित नोभेल्टी परिसरमा रहेको पार्किङ प्लाजालाई सञ्चालन गर्न ८ परिवारको पुनर्वास गर्न हेतु आवास भवन निर्माण अनि मल्टी स्पोर्ट्स कम्पलेक्सको अधुरो कामको शिलान्यास गर्न पुगेका जीटीए प्रमुख कार्यपाल अनित थापाले गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, “हामीले ध्वंसात्मक राजनीति छोडेर रचनात्मक राजनीति गर्नु तर्फ लागेका छौं। पहाडको राजनीतिमा आलोचना बेसी भयो। हिजोको दिनमा बेसी आलोचना भएर नै पहाड नै बिग्रेको हो। आज पनि आलोचना गरेर नै पहाड बिगार्नु खोज्दैछ।”
उनले कसैको नाम नै नलिई भने, “पहाडमा एउटा समुटूह छ। त्यो समूहको काम आलोचना मात्र गर्नु रहेको छ। अरूलाई उक्साउनु, चम्काउनु उनीहरूको पेशा नै भएको छ। हामीले तोड फोडको राजनीति धेरै गर्यौ। अब रचनात्मक राजनीति गर्नु पर्छ। कसैले भूल गर्यो भने भूल देखाउनु पाउँछ तर पुत्ला जलाउनु ठीक होइन। जनताले हाम्रो सोचलाई स्वीकार गरेर हामीलाई चुनावमा जिताएका पनि हुन। एउटा समुहले हाम्रो कार्यकर्तालाई उक्साउने कार्य गर्दैछन्। तर हाम्राे कार्यकर्ताहरु संयम भएर बसेका छन्। पहाडमा ध्वंसात्मक राजनीतिको अन्त हुनुपर्छ।”









