सिलगढी स्वस्तिक युवा संघको दुर्गा पूजाको तयारी खुन्टी पूजाबाट सुरु

bc61412d-5ccd-45d3-9e12-4b6eb0ef10f0

सिलगढी: सिलगढीका विभिन्न क्लबहरूले दुर्गा पूजाको तयारी सुरु गरेका छन्। यसै अन्तर्गत बुधवार सिलगढी स्वस्तिक युवक संघले पनि खुन्टी पूजाको माध्यमबाट दुर्गा पूजाको तयारी सुरु गरेको छ। यस पटक सिलगढी स्वस्तिक युवक संघको ६६औँ वर्ष दुर्गा उत्सव हो। आज राखी पूर्णिमाको पावन अवसरमा खुन्टी पुजा गरिएको छ। सो अवसरमा नगरनिगमका मेयर गौतम देवको उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका महिला सदस्यहरूले मेयरलाई राखी बाँधेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement