तीनवटा जिल्लालाई लिएर एसडीएफको युवा मोर्चाको समन्वय सभा सम्पन्न

IMG-20220709-WA0200.jpg

गान्तोक: आज बाइपासस्थित पार्टी मुख्यालयको कन्फरेन्स हलमा उत्तर जिल्ला र गान्तोक अनि पाक्योङ जिल्लाका युवा मोर्चाको समन्वय सभा सन्पन्न भयो। पार्टीका युवा मोर्चा वरिष्ठ उपध्यक्ष-प्रभारी तथा मुख्य प्रवक्ता एम के सुब्बाले यस सभाको अध्यक्षता गरेका थिए। सभामा उत्तर जिल्ला र गान्तोक अनि पाक्योङ जिल्लाका विभिन्न समष्टिका युवाहरूले भारी मात्रमा उपस्थिति जनाएका थिए।
एसडीएफ पार्टीलाई सशक्त र सुदृढिकरण गर्ने पक्षमा सभामा उपस्थित युवाहरूले आ-आफ्ना विचार र सुझावहरू राखे। यसका साथै एसडीएफ पार्टीमा युवाहरूले सामना गर्नु परेका विभिन्न समस्याहरूमाथि व्यापक रूपमा चर्चा-परिचर्चा पनि आजको सभामा गरियो। बितेका तिनवर्षमा एसडीएफ पार्टीले एसकेएम सरकारद्वारा गरिएका अनेकौँ उत्पिडनहरू सहन गर्न पार्टी सफल भएकोमा युवाहरूले अपार खुसी व्यक्त गरे। यसका साथै चर्चा परिचर्चामा युवाहरूले आफूहरू अध्यक्ष पवन चामलिङको नेतृत्वमा विश्वस्त रहेको विचार पनि राखे। आजको सभाले युवाहरूका निम्ति चिन्तन शिविरहरूको आयोजना, पाक्योङ जिल्लामा पार्टी कार्यलय स्थापना, डिजिटल मिडियामा युवाहरूले सक्रिय रूपमा सहभागिता जनाउने तथा पार्टी सङ्‌गठन विस्तारका निम्ति युवाहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रमुख निर्णयहरू लिइयो।
आफ्नो सम्बोधनमा प्रवक्ता सुब्बाले युवाहरूले राखेका विभिन्न विचार र सुझावहरूलाई स्वागत जनायो। यसरी नै तिनलेआफ्नो छोटो सम्बोधनको क्रममा एसडीएफ पार्टीमा युवाहरूले झेल्नु परिरहेको सबै समस्या समय सान्दर्भिक रूपमा समाधान गर्ने जानकारी दिए। बितेको तीन वर्षमा वर्तमान सरकारले एसडीएफ पार्टीलाई पूर्ण रूपले अन्त्य गराउने कुचेष्ठामा मानसिक र शारिरीकरूपमा समेत आक्रमण गरेको सुब्बाले बताए। सरकारको कुचेष्टालाई साहसीपूर्वक सामना गर्दै एसडीएफ पार्टीले विगत तिन वर्षदेखि राज्यको प्रमुख विपक्षीको भूमिकालाई निर्वाह गरी जनमुखी मुद्दाहरूमा जनताका आवाजलाई बुलन्द बनाइरहेको अर्को सत्यता पनि सुब्बाले युवाहरूलाई साझा गरे। यसका अतिरिक्त सिक्किमेली जनताले पवन चामलिङको दुर्दर्शी नेतृत्व र एसडीएफ पार्टीलाई पूर्ण आस्थाका साथमा पर्खिरहेको छ, उनले भने। उहाँले समष्टिस्तरीय कार्यकारिणी समितिमार्फत तृणामूल स्तरमा एसडीएफ पार्टी सङ्‌गठन विस्तार अझ सक्रिय र सुदृढ गर्ने पार्टीको निर्णय रहेको आवगत गराए। यसका साथै उनले सिक्किम र सिक्किमेली जनताको सुरक्षित जीवन र अस्तित्वका लागि एसडीएफ पार्टीमा सकारात्मक रूपमा एकजुट भएर काम गरिदिने युवाहरूलाई विशेष आग्रह गरे।
आजको सभामा पार्टीका युवा प्रकोष्ठ डा मिचुङ भोटिया, वरिष्ठ उपाध्यक्ष उगेन नेडुप भोटिया, सोशल मिडिया उपाध्यक्ष बराप नामग्येल भोटियाले पनि आफ्ना मन्तव्य राखे। युवा सचिव धिरज गुरुङद्वारा सञ्चालित यस सभामा पू्र्व जिल्ला उपाध्यक्ष कर्मा टाशी भोटियाले धन्यवाद ज्ञापन राख्नु भयो। आजको सभामा उत्तर जिल्ला वरिष्ठ उपाध्यक्ष श्री छिरिङ वाङदी लेप्चा, प्रशासनिक मामिला उपाध्यक्ष श्री देव गुरुङ, पूर्व जिल्ला उपाध्यक्ष एल एम भट्टराई आदिको विशेष उपस्थित रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *