अलिपुरद्वार: जटेश्वर नम्बर १ सर्कल तृणमूल कांग्रेसको पहलमा जटेश्वरमा राखी बन्धन पर्व मनाइयो। बुधबार बिहान फालाकाटा ब्लकको जटेश्वर चौपाथीमा राखी बन्धन पर्व मनाइयो। सो अवसरमा सडकमा हिँड्नेलाई राखी बाँधेर मुख मिठास गराई पर्वको शुभकामना दिइएको थियो। कार्यक्रममा क्षेत्रीय अध्यक्ष पंकजकुमार राय, अध्यक्ष ऋषिकेश दास, जटेश्वर १ नम्बर सर्कल प्रमुख मुस्तफा अली, फालाकाटा ब्लक तृणमूल कांग्रेस महासचिव कशेम अली मियाँ आदि उपस्थित थिए।