खरसाङ: केही दिन अघि दार्जिलिङमा पर्जा पट्टा विषयमा राखिएको चर्चा परिचर्चा कार्यक्रममा हाम्रो पार्टीको प्रवक्ता लाडुप घिसिङले भागोप्रमोको शीर्ष नेता एंव वरिष्ठ अधिवक्ता डीके प्रधानमाथि राम्रो व्यवहार नदेखाएको भन्दै भागोप्रमो खरसाङ महकुमा समितिद्वारा घोर विरोध जनाएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले एक भिडियो जारी गरेर हाम्रो पार्टीको प्रवक्ता लाडुप घिसिङले वरिष्ठ व्यक्ति एंव भागोप्रमोको केन्द्रीय उपाध्यक्ष डीके प्रधानमाथि अभद्र व्यवहार गरेको भन्दै विरोध जनाएका छन्। खरसाङ महकुमा समितिको प्रवक्ता रामुदामुले कुनै पनि चर्चा परिचर्चा कार्यक्रममा आफ्नो आफ्नो पक्ष राख्न पाउँछ तर हाम्रो पार्टीको प्रवक्ताको रूपमा एकजना जिम्मेवार पदमा रहेर लाडुप घिसिङले वरिष्ठ नागरिक डीके प्रधानप्रति अभद्र व्यवहार देखाएको भन्दै घोर विरोध जनाएका छन्। रामुदामुले यस विषयमा भने, जुनसुकै पार्टी गरे पनि वरिष्ठ व्यक्तिलाई सम्मान गर्नुपर्छ तर कुनै पनि चर्चामा गर्नुु ठीकै छ अनि आफ्नो तर्क राख्नु पाउँछ सबैले। तर व्यक्तिगत रूपमा आक्षेप लगाउनु पाउँदैन।’ उक्त चर्चा कार्यक्रममा हाम्रो पार्टीको प्रवक्ता लाडुप घिसिङले जुन प्रकारको व्यवहार गरे त्यो निन्दनीय छ साथै एकजना प्रवक्ताले वरिष्ठ व्यक्तिलाई टेबल ठट्टाएर बातचीत गर्नु शोभा दिन्दैन भनी बताएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले 5 डेसिमल जमीनको पर्जा पट्टा सबैले थाप्नु नै पर्छ भनेर जबरजस्ती गरेका छैनौं। तर जनतालाई हामीले बुझाउने काम गरिरहेका छौं। जसरी विपक्षीहरूले नथाप्नु भनेर भनिरहेका छन् भने हामी पनि थाप्नु भनेर भनिरहेका छौं। तर अहिले पनि जबरजस्ती गरेका छैनौं।’