सिलगढी: राखी पूर्णिमाको शुभ अवसरमा राज्यभर “संस्कृति दिवस” मनाइयो। यस दिनलाई अविस्मरणीय बनाउन सिलगढीको बाघजातिन पार्क अगाडि सांस्कृतिक कार्यक्रमको माध्यमबाट राखी पर्व मनाइएको थियो।

सर्वप्रथम मेयर उपसभापति, बरो अध्यक्ष र सबै अतिथिहरूले रवीन्द्रनाथ टैगोरको तस्विरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकले सबैको हातमा राखी बाँधेर दिवस मनाएका थिए।









