२०८औं भानु जयन्ती समारोहको अन्तिम चरणको समिक्षा बैठक सम्पन्न

IMG-20220709-WA0199.jpg

गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमको तत्वावधानमा सम्पन्न भइरहेको २०८औं भानु जयन्ती समारोहको अन्तिम चरणको समिक्षा बैठक आज समारोह समितिका अध्यक्ष बी एस पन्थको अध्यक्षतामा परिषद् कै सभाकक्षामा बस्यो। कार्यक्रमलाई सफल तुल्याउनका निम्ति विभिन्न उप-समितिहरूको कार्यको प्रगति बारे सभाले जानकारी लिए पछि सन्तोष व्यक्त गर्दै सभाले अझ सशक्त भएर कार्यक्रमलाई सफल तुल्याउन कार्यक्रमका अध्यक्षले सुझाउ राख्नु भयो। आगामी १३ जुलाईका दिन सम्पन्न गरिने आदि कविको २०८औं जन्मजयन्तीको कार्यक्रम पूर्व निर्धारित कार्यक्रमअनुसार सम्पन्न गरिने विषयमा पनि सभाले मतैक्य व्यक्त गर्यो।

समारोह समितिको आज देखि शुरू गरिएको कार्यक्रम अन्तर्गत अन्तर्विद्यालय एवम् खुल्ला पाठ प्रतियोगितामा विद्यालय स्तरमा १६ वटा विद्यालयका छात्र- छात्राहरूले भाग लिएका थिए, जसमा सिच्छे उच्चतर माध्यमिक विद्यालयका श्री पासाङ छिरिङ तामाङ प्रथम, टाशी नामग्याल अकादमीका छात्रा सुश्री टिमाशा गौतम दोस्रो, र मोडन उच्चतर माध्यमिक विद्यालयका छात्रा सुश्री आशना कार्की तृतीय स्थान ओगट्न सफल भएका थिए। यसरी नै खुल्ला कविता पाठ प्रतियोगितामा प्रथम श्री कृष्ण ढुङ्गेल, दोस्रो श्री गोपाल पाठक, र तेस्रो सुश्री नीलम गुरूङ विजय बनेका थिए।
कार्यक्रमको अध्यक्षता सिक्किम अकादमीका सचिव श्री पी. एल. शर्माले गर्नु भएको थियो। श्रीमती मणिका शर्माद्वारा सञ्चालित आजको प्रतियोगितामा स्वागत नेसाप उपाध्यक्ष श्री हरि ढुङ्गेलले राख्नु भएको थियो भने धन्यवाद सुश्री लुइस बिष्टले राखेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *