राजगञ्ज: राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज बुधवार राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत आमबाड़ी-बटतला मोडमा रक्षा बन्धन कार्यक्रमको आयोजना गरियो। यस अवधि राजगञ्जका विधायक खगेश्वर राय, तृणमूल कङ्ग्रेस राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत अन्य नेताहरूको हातमा महिला कङ्ग्रेसका सदस्यहरूले राखी बाँधीदिए। यस वाहेक, तिनीहरूले बाटोमा आउने-जाने तथा दोकानेहरू सबैको हातमा राखी बाँधीदिएर मिठाइ खुवाइ दिँदै रक्षा बन्धन कार्यक्रम पालन गरे।








